२०८१ फाल्गुन २ गते शुक्रवार

फूलवारीका डाँगी गौलौरामा मृत फेला

तुलसीपुर, चैत २० । तुलसीपुरमा एक व्यक्ति मृत फेला परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १० गोलौराको खेतमा विहीवार विहान मृत अवस्थामा फेला परेका ती व्यक्ति तुलसीपुर १३ का ६२ वर्र्षीय लालबहादुर डाँगी रहेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालका अनुसार डाँगी बुधवार बेलुका घरवाट हिडेका थिए । यो खवर तयार पार्दासम्म डाँगीको मृत्युको कारण खुल्न नसकेको तथा घटनावारे अनुसन्धान जारी रहेको प्रहरी निरिक्षक पालले जानकारी दिए । शब पोष्ट मार्टमको लागि राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *