२०७८ बैशाख २५ गते शनिवार

प्राध्यापक महराले एक लाख बढी सहयोग गरे


शरद रेग्मी,
तुलसीुपर, चैत २० । तुलसीपुरका एक प्राध्यापकले कोराना राहत विषेश कोषमा एक लाख बढी रकम सहयोग गरेका छन् । तुलसीपुर उद्योग वाणिज्य संघले स्थापना गरेको कोरोना राहत विषेश कोषमा बिरेन्द्र महराले बिहिबार एक लाख पाँच हजार पाँच सय ५५ रुपैंया नगद सहयोग गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ हात्तिखौवा निवासी महराले विपद्को समयमा दुःखमा परेका विपन्न र श्रमिक नागरिकको सहयोगका लागि उक्त रकम सहयोग स्वरुप प्रदान गरेका हुन ।प्राध्यापक महराले अभियानमा सबैको सहयोग आबश्यक रहेको बताए ।

महराले उद्योग वाणिज्य संघका अध्यक्ष बिरबहादुर रावत र पूर्व अध्यक्ष बिमल रिजाललाई रकम हस्तान्तरण गरेका हुन । राहत विषेश कोषमा रकम जम्मा गर्ने महरालाई संघका पदाधिकारीले धन्यवाद दिएका थिए ।

जिल्लामा तीन महिनासम्म पुग्ने खाधान्न पर्याप्त रहेको भन्दै आबश्यकपरे संघले खाधान्न घुम्ती शिबिर सञ्चालन गर्ने बताउका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *