२०८१ बैशाख ७ गते शुक्रवार

चट्याङ लागेर रुकुममा एक बालिकाको मृत्यु , ९ घाइते

दाङ, चैत २० । रुकुम पश्चिममा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने थप ९ जना घाइते भएका छन् ।रोल्पाको गंगादेव गाउँपालिका निवासी १३ बर्षीया निर्मला खत्रीको चट्याङ लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीले फोनमा जानकारी दिए ।
डिएसपी केसीका अनुसार बुधवार बेलुका साढे ६ बजेतिर त्रिवेणी गाउँपालिका वडा नं. ४ को ऊभानेटास्थित मामा घरमा गएका बखत खत्रीलाई चट्याङले हानेको थियो ।

स्थानीय गंगाराम खडका र प्रकाश बिकको घरमा चट्याङ लागेर घाइते भएका ९ जना मध्य २० बर्षीया अनिता बिकको अवस्था गम्भीर छ । उनलाई जिल्लाको प्रारम्भीक उपचार पछि थप उपचारको नेपालगञ्ज रिफरस गरिएको डिएसपी केसीले जानकारी दिए ।

घटनाका अन्य घाइतेहरु सोही ठाउँका २२ बर्षका प्रकाश बिक ,११ बर्षीया तुलसा खड्का, १७ बर्षीया शुसिला खड्का, २२ बर्षीया पबित्रा खड्का,५० बर्षीया धनमाया खड्का,४ बर्षीया केशब खड्का,२८ बर्षीय कपिल खड्का र रोल्पा गंगादेव गाउँपालिका ४ मथेना निवासी ६० बर्षीया सीता ओली रहेको डिएसपी केसीले जानकारी दिए । अन्य सबै आठ जना घाइतेको रुकुमै उपचार भइरहेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *