२०८१ बैशाख ८ गते शनिवार

राप्ती बबई क्याम्पसले ‘मेयर कोष’मा १ लाख ११ हजार १ सय ११ रुपैंया थप्यो


तुलसीपुर,चैत २० । राप्ती बबई क्याम्पसले कोरोना भाइरस विरुद्ध लड्न गठित मेयर राहत कोषलाई आर्थिक सहयोग गरेको छ ।

क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीका अनुसार विद्यमान जटिल परिस्थितिमा श्रमिक तथा गरिव परिवारलाई खाद्यान्न तथा अन्य आवश्यक सामाग्री उपलब्ध गराउन सहज होस भनेर एक लाख ११ हजार एक सय ११ रुपैंया सहयोग गरिएको हो । ‘अप्ठेरोमा परेकाहरुलाई सेवा गर्नु भन्दा ठूलो धर्म अरु हुँदैन,’ कोषाध्यक्ष केसीले भने ‘ कोरानासंग जुध्न सबै व्यक्ति तथा संघ संस्थाले हातेमालो गर्नु जरुरी छ।’

तुलसीपुर उपमहानगरपालिकाले विपदको समयमा गरिव तथा विपन्नलाई सहयोग तथा उद्धारका लागि मेयर राहात कोष स्थापना गरेको छ । त्यही कोषमा क्याम्पसको तर्फवाट उक्त रकम व्यवस्थापन समितिका अध्यक्ष विष्णुकुमार देवकोटाले विहीवार प्रदान गरेका हुन ।

क्याम्पसले ‘मेयर कोष’ प्रदान गरेको सहयोग रकम तुलसीपुर क्षेत्रमा हालसम्मकै सबैभन्दा धेरै हो ।

लामिछानेले दिए एकलाख
यसअघि बुधवार तुलसीपुरको रजौरा निवासी नेत्रमणि लामिछानेले नगद लाकलाख रुपैंया कोषमा जम्मा गरेका थिए । व्यक्तिगत रुपमा हालसम्म सबैभन्दा धेरै रकम दिनेको सूचिमा भने लामिछाने नै रहेका छन् ।

उपमहानगरपालिकाले ५० लाख रकम जम्मा गरेर स्थापना कोषमा सहयोग गर्ने क्रम जारी नै रहेको छ ।

विपदको समयमा सबैलाई सक्दो सहयोग गर्न नगरप्रमुख घनश्याम पाण्डेले सबैलाई आव्ह्वान गरेका छन् । नेपाल इन्भेष्टमेन्ट वैंकमा स्थापना गरिएको ०३१०१०४०२५१८६० नम्वरको विपद कोषको इच्छुक सबैलाई रकम जम्मा गर्न पाण्डेले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *