२०७८ असार ४ गते शुक्रवार

पुरी दम्पत्तिले ‘मेयर कोष’मा ६५ हजार थपे

तस्विर– मानवहादुर रावतको फेसबुकवाट ।

तुलसीपुर, चैत १९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडा अध्यक्ष थलराज पुरीले ‘मेयर विपद’ कोषमा ६५ हजार आर्थिक सहयोग गरेका छन् ।

नेपाली काँग्रेसका नेता समेत रहेका वडा अध्यक्ष पुरी र उनकी पत्नि शारदा पुरीले बुधवार उक्त रकम थपेको जानकारी दिएका छन् । लगातार नौं दिनदेखिको लक–डाउनका कारण श्रम गरेर साँझ विहान छाकको जोहो गर्ने समुह भोक भोकै बस्नु नपरोस भनेर आफुले उक्त सहयोग गरेको पुरीले जानकारी दिएका छन् ।

‘असहाय र गरिवले लक–डाउनमा भोकभोकै बस्नु नपरोस भन्ने उदेश्यले हामी दम्पत्तिले उक्त सहयोग गरेका हौं,’ पुरीले फोनमा भने ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *