२०८१ बैशाख ७ गते शुक्रवार

बंगलाचुलीमा जनप्रतिनिधी स्पिकर बोकेर गाउँगाँउमा

जीवन नेपाली,
कमिरेचौर, चैत्र १९ । बंगलाचुली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष वेदुलाल घर्ती क्षेत्री कोरोनाको विरुद्धमा सचेतना फैलान गाउँमा खटिएका छन् । उनी स्पिकर बोकेर कोरोनाबारे सचेत रहन गाउँभरी माइकिङ गर्दै आएका छन् ।

माइकिङ बाट एकैठाउँमा जम्मा नहुन ,सावुन पानीले हात धुन, एक अर्कोसंग भेटघाट नगर्न अनुरोध गर्ने गरेका छन् । जिल्लाको पहाडी क्षेत्र बंगलाचुलीमा सबै ठाउँमा बाटो नपुगेको हुँदा उनी आँफै स्पिकर बोकेर गाउँ घरमा सचेतना फैलाउँदै हिडेका छन् ।

त्यसका साथै उनले वडाका टोललाई समेट्ने गरी स्वयंसेवक दलपनि गठन गरेका छन् । वडा अध्यक्ष घर्तीको संयोजकत्वमा गठित ११ सदस्य छ । यहाँको वडा नं.३ का अध्यक्ष शोभाराज विश्वकर्मा पनि कोरोना भाईरस बारे सचेतना फैलाउन खटिदै आएका छन् ।उनले पनि विहानदेखि वेलुकासम्म स्पिकर र माईक बोकेर माईकिङ गर्ने गरेका छन् ।

यहाँको वडा नं.५ का अध्यक्ष एनुराज खत्रीको अगुवाइमा पनि यस्तै अभियान सञ्चालन हुँदै आएको छ ।

त्यसैगरी गाउँपालिकाको ७ र ८ नम्वर वडाले पनि कोरोना बाट बच्नको लागि प्रत्येक दिन जनतालाई सचेत पार्ने काम गरीरहेको वडा नं.८ का अध्यक्ष गिरराज बाँठाले जानकारी दिए । बंगलाचुली गाउँपालिकामा भारत तथा तेस्रो मुलुक बाट गरेर १ हजार ४ सय बढी स्थानीय गाउँ फर्केका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *