काठमाडौं, चैत १८ । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैंया सहयोग गरेका छन् ।
मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी कोषबाट उक्त रकम सरकारले दिनेउल्लेख गरेका छन् ।
सरकारले खडा गरेको कोषमा उनले उक्त रकम सहयोग गर्ने बताएका छन् ।
पूर्व राजा शाहले यो विषश परिस्थितिमा सबैले आ–आफ्नो ठाउँ बाट क्षमता अनुसार केही न केही योगदान गर्न आग्रह पनि गरेका छन् ।
उनले लकडाउनलाई वाध्यात्मक अनिवार्यता भएको उल्लेख पनि गरेका छन् । उनले भनेका छन् ‘ लक डाउनको बाध्यता हामी सबैलेबुझेका छौं र यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि छैन भन्ने बुझ्नु पनि जरूरी छ।’
पूर्वराजा शाहले महामारीको यो संकटमा आफ्नो ज्यानको प्रवाह नगरी अहोरात्र सेवामा खट्ने चिकित्सक, नर्स ,नेपाली सेना ,नेपालप्रहरी र शशस्त्र प्रहरी लगायत सम्पूर्ण सुरक्षाकर्मीका साथै जनतालाई समयमै सुसूचित गरेर योगदान पुर्याउने पत्रकारहरूप्रति आभारव्यक्त गरेका छन्।

