श्रीराम दहित,
अमेलिया , चैत १८ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस बाट जोगिन लमिलियामा किटनाशक औषधी छरिएको छ । लमही नगरपालिका अन्तर्गतका वडा नं. ९ अमेलियामा मंगलवार औषधी छरिएको हो । यसअघि लमही बजारमा बारुण यन्त्र मार्फत छरिएको थियो । नगरका लमही बजार,रिहार,अमिलिया बजार पुर्वमा नर्ती,पश्चिमा शिवखोला , उत्तर बेलदमार,दक्षिण राप्ती पुल तथा राजमार्ग लक्ष्छित गरि किटनानाशक औषधि छर्किन थालिएको अर्थ संयोजक सुभाष न्यौपानेले जानकारी दिएका छन् ।
लमही बजारमा दमकल द्वारा औषधि छर्किएतापनि स्वयं खटिएका वडा नं ९ का वडा अध्यक्ष भेषबहादुर केसीले लक्ष्छित स्थानहरुमा टोल विकास संस्था तथा नेपाल प्रहरीको सकृयतामा औषधि छर्किएको जानकारी दिए । औषधि छर्किए पश्चात् सुरक्षित महसुस भइ रहेको अमिलियाबासीले प्रतिक्रिया दिएका छन् । नगर क्षेत्र, चोक र चौबाटोमा औषधी छर्कने कार्य सह्रायिन रहेको स्थानीय धनबिर वलीले बताए ।
हालसम्म लमही नगरपालिका वडा नं ९ का विभिन्न टोल बस्ती हरुमा भारतबाट ६,मलेसियाबाट ३ र दुबईबाट १ गरि जम्मा १० जना आएका ।उनीहरु आआफ्ना घरमै क्यारेन्टाईनमा बस्दै आएको वडा अध्यक्ष केसीले जानकारी दिएका छन् ।