तुलसीपुर, चैत १८ । दारी ग्याङ दाङले तुलसीपुर क्षेत्रका सडक चौपायालाई खाना खुवाएको छ । ग्याङले तुलसीपुर र विजौरीका दुईजना व्यवसायी संग मागेर बजार क्षेत्रका गाई, कुकुर लगाएका सडक चौपायालाई मंगलवार खाना खुवाएको हो ।
तुलसीपुरको गणेश पाउरोटी उद्योगका प्रोप्राईटर युवा व्यवसायी विनिल केसीले उपलब्ध गराएको ७० प्याकेट पाउरोटी र विजौरीको ममता डेरी उद्योगले उपलब्ध गराएको ५५ प्याकेट डोनट र ब्रेड बजार क्षेत्रका छाडा पशु चौपायालाई खुवाएको ग्याङका सक्रिय सदस्य साईग्रेस देवकोटाले जानकारी दिए ।
अघिपछी पसलहरु खुल्दा सडक चौपायाले त्यहीवाट खाना प्राप्त गर्ने भएपनि लामो लक–डाउनका कारण उनीहरु भोकभोकै परेको हुँदा आफुहरुले व्यापारीहरु संग मागेर सडक चौपायालाई खाना खुवाएको देवकोटाले जानकारी दिए ।
मंगलवार तुलसीपुरको बसपार्क, विरेन्द्र चोक, बाहिनी चोक र विजौरी क्षेत्रमा सडक पशु चौपायालाई ग्याङका १० जना साथीहरु मिलेर खाना खुवाएको उनले जानकारी दिए । यसलाई धेरैले उदाहरणिय कार्यको रुपमा अथ्र्याएका छन् ।