बाँके, चैत १८ । कोहलपुरमा एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक मंगलवार एक युवतीको मृत्यु भएको छ ।कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकाकी शोभा केसी बटलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।
उनी मोटरसाइकलमा सवार थिइन । बटाला बटाला बैजनाथ गाँउपालिकास्थित बनकटुवास्थित प्राथमिक स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन ।
स्वास्थ्य चौकीमा अनमीको रूपमा कार्यरत थिइन । मेडिकल कलेज कोहलपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ च ८२४ नम्वरको एम्बुलेन्सले से ५ प ४८४ नम्वरको को मोटरसाइकललाई मेडिकल कलेज नजिकै ठक्कर दिएको थियो । मोटरसाईकल चालक बटालाका भिनाजु गम्भीर घाइते छन् । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । एम्बुलेन्स चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छन् ।
प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार