२०८१ बैशाख ८ गते शनिवार

सर्वसाधारणलाई निर्घात कुटपिट गर्ने सशस्त्र प्रहरी हवल्दार निलम्वित

दाङ, चैत १८ । दैनिक उपभोग्यको सामाग्री किनेर आएका दुई जना सर्वसाधारणलाई कुटपिट गर्ने सशस्त्र प्रहरीका हबल्दारलाई निलम्वित भएका छन् । सोमवार सप्तरीको बलानबिहुल गाउँपालिकामा सशस्त्र प्रहरी हबल्दार मनोज चौधरीले लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्द्र यादवलाई निर्घात कुटपिट गरेका थिए ।

सार्वजनिक भिडियोमा चौधरीले लाठी भाँचिने गरि ती दुई युवालाई कुटपिट गरेको देखिएको छ ।
निर्घात सर्वसाधारणलाई कुटने चौधरीलाई निलम्बन गरी आवश्यक कारवाही प्रकृया अगाडी बढाएको जानकारी दिइएको छ ।

सशस्त्र प्रहरीबल सदैव देशको र देशवासीको सुरक्षाको लागि खटेकोले गलत गर्नेलाई कारवाही गरेको सशस्त्र प्रहरी बलले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *