२०८१ बैशाख १३ गते बिहिवार

विदेशबाट आएर २२ जनालाई होम क्वारेन्टाईनमा बस्न आग्रह


सल्यान, चैनत १७ । सल्यानको कपुरकोटमा विदेशबाट फर्किएका २२ जनाको घरमै पुगेर होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।गाउँपालिकाका स्वास्थयकर्मी तथा सुरक्षाकर्मीहरु घरमै पुगेर कोरोना सम्बन्धि परामर्श दिदै होम क्वारेन्टाइनमा बस्न आग्रह गरेका हुन ।

भारतबाट फर्किएका १३ , साउदीबाट फर्किएका ५ जना, कतारबाट फर्किएका २ जना र मलेसियाबाट फर्किएका २ जना गरी २२ जनालार्य घरमै पुगेर त्यस्तो आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख अरुण दाहालले जानकारी दिए ।

उनीहरुलाई सबैलाई दुई साता घरको छुट्टै कोठामा बस्न र अरु ब्यक्तिसंगको सम्पर्कमा नजान आग्रह गरिएको छ । त्यस्तै कपुरकोट ४ गाँडापानीमा मजदुरी गरि स्याङ्जाबाट फर्किएकाहरुलाई क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *