तुलसीपुर,चैत १६ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संभावित जोखिम रोक्न भन्दै सरकारले जारी गरेको ‘लक डाउन’को आइतवार छैठौं दिन ।यो बीचमा सरकारले विहान र बेलुका केही समय ६ खाद्यान्न लगाएत अत्यावश्यक पसल खोल्न आग्रह गरेको छ । कोरोना भाइरसवाट जोगिन सामाजिक दुरी अति आवश्यक मानिन्छ । हरेक व्यक्ति बीचमा कम्तिमा दुई मिटरको दुरी कायम राख्न प्रहरी प्रशासले माइकिङ गर्दै हिडेको छ ।
काठमान्डौं लगाएका सहरहरु केही सहरहरुमा सुरक्षाकर्मीले नै पसल अगाडि चुनको घेरा निर्माण गरेका खवरहरु आइरहेका छन् । विहान झन्डै आठ बजेतिर तुलसीपुर बजारमा खोलिएका केही किराना पसलहरुमा भने त्यसको अभ्यास गरेको देखिएन । मानिसहरु ठेलमठेल किराना पसलमा जम्मा भएर सामान्ने परिस्थितिमा जस्तै गरि सामानहरु किनमेल गरिरहेका थिए । पसल साहुले पनि त्यसमा कुनै खवरदारी गरेको देखिएन ।
नजिकै प्रहरी भने भ्यानमा पसलमा किनमेल गर्दा दुई मिटरको दुरी कायम गरेर पालै पालो सामान किन मेल गर्न माइकिङ गरिरहेको थियो ।
क्यामेरा देखेपछि नजिकै रहेका तीन चारजना प्रहरी किनमेल भइरहेको पसलमा आए । मानिसहरुलाई संझाई बुझाई गरे । दुरी कायम गर्न आग्रह गरे । त्यसपछि बल्ल उनीहरु आपसमा केही दुरी कायम गरे । लगतै प्रहरी त्यहाँवाट हिडे । फेरि मानिसहरुको पहिले जस्तै पसल अगाडि सामान किन्न भिड लाग्यो । साढे आड बज्नै लागेको थियो । सबै हतार हतार समान प्याक गरे र त्यहाँवाट निस्कन खोजिरहेका थिए ।
अझ कतिपय मानिसहरु निस्फिर्की मास्क विना नै किनमेल गरिरहेका थिए । त्यस्ता कतिपय मानिसहरुलाई प्रहरीले संझाउँदै मास्क किन्न लगाएको दृष्यपनि देखियो ।
आपसी दुरी पुलिसले कायम गरिदिनु पर्ने हो कि ? स्वएंम आँफै बझुेर गर्नु पर्ने हो ? यो प्रश्न अहम बन्न पुगेको छ । ‘यो परिस्थिति कुनै दल विशेषले वा कसैको विरोधमा गरेको जस्तो चक्का जाम वा वन्द होइन । हरेक मानिस बुझेर आफै घरवाट नसिक्ने अवस्था हो,’एक शिक्षकले भने–‘तर, हाम्रो स्वभाव प्रहरीले लाठी नहान्दा सम्म, उठबस नगराउँदा सम्म नहुने खाले भयो । लकडाउनलाई धेरैले कफ्र्यूको रुपमा बुझेको जस्तो भयो।’
‘लक डाउन’ उलंघन गर्दा बहादुर भइन्छ कि, भन्ने मानसिकता सबैले तत्काल नत्याग्ने हो भने परिस्थिति भयाभह बन्ने उनले आँकलन गरे । प्रहरी सहायक निरिक्षक टिकाबहादुर महतरापनि त्यो कुरा स्वीकार गर्छन । मानिसहरुले बुझेरपनि बुझ पचाउने गरेको तथा लक डाउन प्रहरीका लागि नै पालना गरिदिए जस्तो गर्ने गरेको अनुभूति साटे ।
उनले साहु र सर्वसाधारणले किनमेल गर्न नजानेको तर्क गरे । एक ठाउँमा भने एकजना साहुले छतबाट सामानका गत्ताहरु फालेर व्यापार गरिरहेको देखिएको थियो ।