२०७८ असार ४ गते शुक्रवार

तुलसीपुरमा पहिलो पटक ‘भिडियो कन्फरेन्स’


तुलसीपुर,चैत १६ । तुलसीपुर उपमहानगरपालिकामा आईतवार पहिलो पटक प्रविधिको प्रयोग मार्फत नौंलो प्रकृतिले कार्यापालिका बैठक गरेको छ । नगरसभाको हलमा जनप्रतिनिधि सहभागि नभएरै कार्यपालिकाको वैठक पुरा भएको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको वैठक प्रविधिको प्रयोग गरि मोवाईलबाट भएको हो । फेसवुक गु्रप मार्फत लाइभ मिटिङ गर्दै पहिलो पटक तुलसीपुरमा भिडियो कन्फरेन्स भएको हो । विश्वभर महामारीको रुपमा फैलिएको कोराना संक्रमणका कारण भिडियो कन्फरेन्स गरिएको हो । यस्तोमा सामाजिक दुरी राख्न अति आवश्यक मानिन्छ ।

बैठकपनि प्रकोपलाई नियन्त्रण र व्यवस्थापन गर्ने बारेमै केन्द्रित बनेको नगर प्रमुख पाण्डेले बताए । सबै कार्यपालिका सदस्य एकै ठाउँमा बसेर बैठक गर्न अहिलेको अवस्थामा उचित नभएको हुँदा भिडियो कन्फरेन्स गरिएको मेयर पाण्डले जानकारी दिए ।

वडा अध्यक्ष लगाएत प्रतिनिधिहरु सबैले पालैपालो वडामा कोरोना नियन्त्रणका लागि भइरहेका प्रयासहरु बारे अवगत गराएका थिए ।

वैठकले कोरोना संक्रमणको आशंका भएका व्यक्तिहरुको खोजि गरेर क्वारेन्टाइनमा राख्ने र लकडाउनका कारण प्रभावित परेका विपन्न वर्गका मानिसहरुलाई खाद्यान्न उपलब्ध गराउने निर्णय जस्ता निर्णय गरेको छ । त्यसका लागि खाद्यान्न वितरणलाई व्यवस्थित वनाउन ‘तुलसीपुर फूड बंैक’ स्थापना गर्ने समेत वैठकले निर्णय छ ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *