२०७८ असार ४ गते शुक्रवार

मावि रक्षाचौरमा ५० बेडको क्वारेन्टाइन निर्माण


तुलसीपुर,चैत १६ । तुलसीपुर उपमहानगरपालिकाले आइतवार थप ५० वेडको क्वारेन्टाइन तयार पारेको छ । गुरुजजुर मावि रक्षाचौरमा हालसालै निर्माण भएको नयाँ भवनमा ५० बेडको क्वारेन्टाईन निर्माण गरिएको छ ।विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको विपद् व्यवस्थापन शाखा अधिकृत भिम खत्रीले जानकारी दिए ।

विदेशबाट आएका र अन्य कोरोना संक्रमणको आशंका भएका व्यक्तिलाई त्यहाँको क्वारेन्टाइनमा राखिने भएको छ । यसअघि तुलसीपुर उद्योग वाणिज्य संघले निर्माण गरेको सभाहलमा ५ वेडको क्वारेन्टाइन निर्माण गरिएको थियो । तुलसीपुरमा पहिलो चरणमा एक सय जनाको लागि क्वारेन्टाइन निर्माण गर्ने योजनाका साथ काम भइरहेको छ ।

त्यसका लागि विभिन्न विद्यालयमा क्वारेन्टाइन निर्माण गरिने जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानले जानकारी दिए । न्यौपानेका अनुसार अन्य विद्यालयसँग पनि समन्वय गरेर सोमवारसम्म एक सय जनाको लागि क्वारेन्टाइन वनाइसकिने छ ।

क्वारेन्टाइन निर्माण गर्न नेपाल प्रहरी र शसस्त्र प्रहरीले सघाएका थिए । आवश्यक केही सामग्री नेपाल रेडक्रस सोसाइटी दाङले उपलब्ध गराएको हो । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाभित्र क्वारेन्टाइनको अभाव हुन नदिने प्रतिवद्धता जाहेर गरेका छन् ।

उनले आइतवार विहान सम्म भारत र अन्य देशबाट आएका २ सय ८१ जनाको पहिचान भइसकेको र ती सबैलाई निगरानीमा राखिएको जानकारी दिए । सबैको तथ्यांक संकलन भइसकेपछि थप कदम अगाडि वढाइने उनले जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *