२०८१ भाद्र २६ गते बुधवार

अस्पताललाई पिपीई र सेनिटाईजर प्रदान


शरद रेग्मी,
दाङ,चैत १६ । तुलसीपुर उधोग बाणिज्य सघं र लायन्स क्लब अफ दाङले संयुक्त रुपमा स्वास्थ्यकर्मीको सुरक्षाको लागि आबश्यक सामाग्री प्रदान गरेका छन् ।

कोरोनाका शकांष्पद बिरामी र पहिचान भइसकेका बिरामीको उपचार गर्दा चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अति आबश्यक पर्ने पर्सनल प्रोटेक्टिभ ईक्यूपमेन्ट (पिपीर्ई) र सेनिटाईजर अस्पतालका पदाधिकारीलाई प्रदान गरिएको हो ।

लायन्स क्लब डिष्ट्रिकबाट ३२५ बी टू नेपालले उपलब्ध गराएका पिपीई र सेनिटाईजर तथा उधोग बाणिज्य संघले उपलब्ध रेनकोटहरु वितरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल ,स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डिन डा. बशन्त लामिछाने र राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिडेण्ट डाक्टर सर्बेश शर्मालाई आइतवार ती सामाग्री हस्तान्तरण गरिएको हो । त्यसक्रममा १६ थान पिपीई र एक सय थान सेनिटाईजर हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *