२०७८ असार ४ गते शुक्रवार

कपुरकोटमा टोलटोलमा निगरानी समूह गठन गर्ने निर्णय


शंकर केसी,
सल्यान, १५ चैत्र ।सल्यानको कपुरकोट गाउँपालिका टोलटोलमा निगरानी समूह गठन हुने भएको छ । कोरोना भाईरस रोकथामका लागि युवा, विद्यार्थी, आमा समूह तथा वडाका जनप्रतिनिधि सम्मेलित निगरानी समूह गठन गर्ने निर्णय भएको छ ।

कपुरकोटमा हेल्थ डेस्क स्थापनादेखि वडा स्तरिय सतर्कता समिति निर्माण जस्ता कार्य गरेको गाउँपालिकाले टोल स्तरिय निगरानी समूह गठन गर्ने निर्णय गरेको हो । गाउँपालिका स्तरिय विपद् ब्यवस्थापन समितिको बैठकले हरेक वडामा विदेश तथा देशका विभिन्न शहरबाट आएका, हाल विदेशमा रहेका र अव घर फर्केकाहरुको विवरण संकलन गर्ने भएको छ । उनीहरुको घरमै पुगेर आवश्यक परामर्श दिने निर्णय गरेको गाउँपालिका प्रमुख भिमबहादुर सेनले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्ष तिला बुढा मगर सहित ६ वटै वडाका वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख लगाएत स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी सहितको बैठकले ‘लक डाउन’ कार्यान्वयन गराउन बस्तिबस्तीमा माईकिङ गर्ने निर्णय गरेको गाउँपालिकाका प्रवक्ता यमकुमार वस्नेतले जानकारी दिए ।

बैठकमा वडा नम्बर १ का वडाध्यक्ष बालाराम खड्काले आफ्नो वडामा काठमाण्डौ लगाएतका इटाभट्टाबाट काम गरी करिव २ सयको हाराहारीमा मानिसहरु फर्कने तयारिमा रहेकाले उनीहरुको निगरानी गर्नुपर्ने देखिएको अवगत गराएका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *