२०७८ जेष्ठ ४ गते मङ्गलवार

दिपेशले डिउटीका पुलिसलाई मिनरल वाटर बाँडे


तुलसीपुर, चैत १६ । तुलसीपुरका एक व्यवसायीले डिउटीमा खटिने प्रहरीलाई आइतवार पानी वितरण गरेका छन् । डिउटीमा दिनभर खटिने प्रहरीलाई पिउने पानीको अभाव भएको भन्ने सूचनाको आधारमा आफुले मिनरल वाटर वितरण गरेको दिपेशराज भण्डारीले जानकारी दिए ।

उनले हात्तीखौवा चोक, विरेन्द्र चोकमा डिउटीमा रहेका प्रहरीका साथै ईलाका प्रहरी कार्यालय तुलसीपुरमा गएर ३ हजार बराबरको मिनरलवाटर वितरण गरेका हुन ।

‘लक डाउन’को समयमा कोरोना भाइरसको संक्रमण फैलिन नदिन डिउटीमा खटिने प्रहरीले पानी पिउन नपाएको भन्ने गुनासो आएपछि आफुले निजी खर्चमा पानी सहयोग गरेको भण्डारीले बताए । भण्डारीइको तुलसीपुरमा होण्डा मोटरसाईकलको स्वरुम छ ।

यसैबीच ईप्रका तुलसीपुरका प्रमुख डिएसपी हरिहरनाथ योगीले स्वस्फूर्त रुपमा प्रहरीलाई परेको समस्या मनन् गरि पिउने पानी वितरण गर्ने व्यवसायी भण्डारीलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *