२०८१ भाद्र २३ गते आइतवार

अमेलियामा विदशेवाट आएका व्यक्तिको निगरानी

श्रीराम दहित,
अमेलिया, चैत  १५   लमही नगरपालिका वडा नं का वडा अध्यक्ष भेषबहादुर केसीले वडामा कोरोना भाइरस कोभिड १९ बाट संक्रमितहुन नदिन सबै टोल विकास संस्थाहरुलाई सजगता अपनाउन आग्रह गरेका छन्

निम्न आय भएका ,दैनिक ज्याला मजदुरी गरि जीवन निर्वाह गर्ने वडा बासीहरुको समस्या समाधानका लागि दैनिक उपभोग्य सामग्री तथाखाद्यान्न ढुवानीमा आफ्नो गाडी निशुल्क उपलब्ध गराउने उनले घोषणा गरेका हुन

वडाका सम्पुर्ण टोल विकास संस्थाका अध्यक्षहरुसंग समन्वय गरि विदेशबाट आएका वा पाहुनाको रूपमा टोलमा आउने जोकोहीलाईनिगरानीमा राख्न उनले आग्रह गरेका छन् त्यस्तै वडाको सेवा क्षेत्रमा तथ्यांक लिएर वडा वा सम्बन्धित निकायमा जानकारी गराउन पनिउनले वडाबासी सबैमा आग्रह गरेका छन्

लमही वडा नं. का प्रायः टोलहरु सडक छेउछाउमा   रहेका छन् त्यसैले यो क्षेत्र कोरोनाको उच्च जोखिममा रहेको नेपाली कांग्रेसकावडा सभापति लिलाधर खड्काले तर्क गरे

गायत्री टोल विकास संस्थाकी सचिव भुमा रावत वलीलेलक डाउनभनिपनि  ट्रक, एम्बुलेन्स लगायतका सवारी साधनहरुमामानिसहरुको आवत जावत बाक्लो हुने गरेको भन्दै जोखिम न्यूनीकरण गर्न निगरानी बढाउन आवश्यक रहेको बताइन

अमेलिया लमही बजार ३९ किलोमिटर तुलसीपुर बजारदेखि ३० किलोमिटर दुरिमा पूर्वपश्चिम राजमार्गमा पर्ने यो क्षेत्र सबैकोलागि संगम स्थलको रुपमा रहेको हुँदा सरोकारवालाहरुले उच्च सर्तकता अपनाउन आवश्यक रहेको चाँदनी टोल विकास संस्थाकासचिव कृष्ण कुमार थापाले बताए

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *