२०८१ बैशाख ७ गते शुक्रवार

अब्दुलहमिद खाँले तुलसीपुरमा १ सय २० जनालाई खाद्यान्न दिए


तुलसीपुर, चैत १५ । तुलसीपुरका एक व्यवसायीले एकसय २० जना विपन्न व्यक्तिलाई शनिवार खाद्यान्न वितरण गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ संग समन्वय गरि व्यवसायी खाँले वडा कार्यालयले पहिचान गरेका अति विपन्न एक सय २० जनालाई खाद्यान्न उपलब्ध गराका हुन ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न चैत ११ गतेदेखि सरकारले जारी गरेको ‘लक डाउन’ का अति विपन्न परिवारका मानिसहरुलाई खानाको समस्या नहोस भनेर आफुले खाद्यान्न उपलब्ध गराएको खाँले जानकारी दिएका छन् ।त्यो वितरणको काम भने वडा कार्यालयले गरेको छ ।

वडा अध्यक्ष बिरेन्द्रकुमार शाहले व्यवसायी खाँले उपलब्ध गराएको खाद्यान्न बिहान बेलुका श्रम गरेर मात्रै खान पुग्ने श्रमिकको पहिचान गरि वितरण गरिएको जानकारी दिए । उनले प्रत्येकलाई १० किलो चामल, ५ किलो पिठो, २ किलो दाल, १ किलो स्वायबिन, १ लिटर खाने तेल र १ पोका नुन बितरण गरिएको बताए ।

कोरोना भाईरस संक्रमणबाट बँच्न र बचाउँन सर्तकता अपनाउदै सरकारले चैत ११ गतेदेखि आगामी १८ गते सम्म आह्वान गरेको ‘लक डाउन’का कारण श्रम गरेर दैनिक गुजारा चलाउने श्रमिक बर्गले खान समेत नपाएको गुनासो गरेपछि आफुले खाँलाई सहयोगको लागि आग्रह गरेको नेपाली काँग्रेसका नेता समेत रहेका वडा अध्यक्ष शाहले बताए ।

‘हालसम्म जसोतसो गुजारा चलाएका अतेन्तै बिपन्न परिवारका मानिसहरुले खाने कुरा केही नबेचे भनेर मलाई फोन गरेपछि मैले खाँलाई आग्रह गरेर खाद्यान्नको जोहो गरि वितरण गरेका हौं,’ शाहले भने । उनले तुलसीपुरको मुख्य बजार क्षेत्र वडा नं. ५ मा पर्ने भएको र यसमा बिपन्न, दलित, जनजाती समूदायको बस्तिपनि बाक्लो रहेको हुँदा सबैभन्दा बढी सहयोग बजारमै आवश्यक पर्ने तर्क गरे ।

शाहले भने–‘पातुखालो र आसपासमा घना बस्ति छ । जहाँ ठूलो संख्यामा श्रमिक तथा बिपन्न परिवारको बसोबास छ । हामी उहाँहरुको पहिचान जुटेका छौं।’

हालसम्म टोलबिकास समितिको सहयोगमा वडा नम्वर ५ मा झण्डै ५ सय बढी बिपन्न नागरिकको पहिचान गरिएको भएपनि अझैं खोजी कायमै रहने उनले जानकारी दिए ।

हालसम्म पहिचान भएका मध्ये अत्यन्तै कमजोर वर्ग, सहारा बिहीन, जेष्ट नागरिक ,दलित, जनजाती समूदायलाई पहिलो प्राथमिकतामा राखेर शनिवार १ सय २० जनालाई खाद्यन्न बितरण गरिएको उनले बताए । वडा सदस्य सुरेशकुमार श्रेष्ठले संकटका समयमा निशुल्क रुपमा खाद्यन्न पाएपछि उनीहरुको परिवारमा खुसी छाएको प्रतिक्रिया दिए ।

उनले व्यवसायी खाँले जस्तै गरि विपतदको घडीमा अन्यलाई पनि सहयोगको लागि वडा कार्यालयले आग्रह गरेको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *