२०७८ असार ४ गते शुक्रवार

तुलसीपुरमा विदेशवाट आएका व्यक्तिको खोजी तीव्र


तुलसीपुर,चैत १५ । तुलसीपुर उपमहानगरपालिकाले भारत लगायत विभिन्न देशबाट आएका नागरिकलाई घर घरमा गएर खोज्ने र ज्वरो चेकजाँच गर्ने क्रमलाई तीव्रता दिइएको छ । संक्रमणको शंका रहेका व्यक्तिहरु गाउँ÷गाउँ पुगेको खोज्ने र चेक जाँच गर्ने काम हुँदै आएको जानकारी दिइएको छ ।

सूचनाका आधारमा उपमहानगरपालिका स्वास्थ्य शाखाले विभिन्न जनप्रतिनिधिको सहयोगमा सर्च एण्ड रेस्क्यु अभियान अगाडि वढाएको शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । तुलसीपुरका सबै वडामा अभियान सञ्चालन गरिएको जानकारी दिए ।

‘सबैको चेकजाँच गरिरहेका छौ शंकास्पद भएको पाइएमा तत्काल क्वारेन्टाइनमा पठाउने व्यवस्था गरेका छौं,’ न्यौपानेले भने,‘ हालसम्म कोहीपनि त्यस्तो शंकास्पद व्यक्ति भेटिएको छैन।’

प्रत्येक वडामा रहेका स्वास्थ्य केन्द्रहरुलाई परिचालन गरेर आइतवारसम्म सबै वडाका शंकास्पद व्यक्तिहरुको चेकजाँच गरेर सक्ने स्वास्थ्य शाखा उपसंयोजक विमल केसीले जानकारी दिए । उनले कुनै शंकास्पद व्यक्ति गाउँघरमा आएमा वडाका जनप्रतिनिधि या स्वास्थ्य केन्द्रमा जानकारी दिन आग्रहपनि गरेका छन् । उनले हालसम्म १० वटा वडामा त्यस्तो अभियान सञ्चान गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *