२०७८ जेष्ठ २ गते आइतवार

तुलसीपुरमा सुन पसल र घोराहीमा मदिरा पसलमा चोरी

तुलसीपुर,चैत १४ । सरकारले कोरोना भाइरसको महामारी पैmलिन नदिन ‘लक डाउन’ जारी गरेको मौका छोपी पसलहरुमा चोरी भएको छ ।तुलसीपुरको एउटा सुन चाँदी पसल र घोराहीको एउटा मदिरा पसलमा चोरी भएको छ ।

तुलसीपुरको टिका सुन चाँदी पसलमा शुक्रवार विहान करिव १ बजेको समयमा चोरी भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता चक्रडम्मर पालले जानकारी दिए । चोरले ताला फोटेर भित्र प्रवेश गरि झन्डै डेढ ÷दुई लाख बराबरको गरगहना र केही नगद समेत चोरी गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

सिसी टिभी फूटेजमा एकजना व्यक्तिले ताला फोडेर भित्र प्रवेश गरी चोरी गरेको देखिएको छ । घटनावारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

उता घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरस्थित माईला कटेजमा पनि गएराति चोरी भएको छ । कटेज सञ्चालक बासुदेव जिसी र पहलमान जिसीले चोरी बारे जिल्ला प्रहरी कार्यालय घोराहीमा निवेदन दिएका छन् । चोरले ८० हजार नगद, एउटा ल्यापटप, केही मदिरा र पिय पदार्थ समेत चोरी गरेको पीडितले दिएको निवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०७६ चैत्र १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *