देउखुरी, चैत्र, १४ । लमही नगरपालिकाले ५० लाखको कोरोना राहात कोष स्थापना गर्ने भएको छ ।कोरोना भाइरस तथा कोरोना प्रभावित व्यक्तिलाई व्यवस्थापनको लागि नगरपालिकाको तर्फबाट ५० लाखको राहात कोष स्थापना गर्ने निर्णय भएको नगर प्रमुख कुलबहादुर केसीले जानकारी दिए ।
त्यसका लागि नगर प्रमुख, उपप्रमुखदेखि सबै वडा अध्यक्षवाट रकम संकलन गरिने भएको छ । जिल्ला सरक्षा समितिको विहीवारको बैठकको निर्णय अनुसार आइसुलेसनमा राखिएका व्यक्तिलाई खाना खुवाउन तथा आवश्यक सामाग्री उपलब्ध गराउन शुक्रवारको बैठकले थप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
नगर प्रमुख तथा विपद् व्यवस्थापन समितिका संयोजक केसीको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको नगर पप्रवक्ता बिमबहादुर केसीले जानकारी दिए ।
राहात कोषमा नगर प्रमुख केसीको तर्फबाट ३५हजार, उपप्रमुख देबका बेल्वासेको तर्फबाट ३० हजार र अन्य नौं जना वडा अध्यक्षको तर्फवाट जनही २५ हजार रकम दिने निर्णय भएको प्रबक्ता केसीले बताए ।
राहात कोष नगर प्रमुख र उपप्रमुखको संयुक्त नाममा सञ्चालन गर्ने निर्णय पनि भएको छ । नगर क्षेत्रभित्र रहेका संकास्पद व्यक्तिलाई राख्न देउखुरी बहुमुखी क्याम्पसको भवनमा ३० बेडको क्वारेन्टाइन निर्माण गर्ने निर्णय पनि भएको छ ।
त्यस्तै मेडिकल पसल विहान विहान सात बजेदेखि ११ बजे सम्म र दिउँसो तिन बजेदेखि बेलुका ७ बजे सम्म पसल खोल्ने निर्णय भएको छ। दैनिक उपभोग सामाग्री बिक्री वितरण गर्ने व्यवसायीलाइ विहान ६ बजेदेखि ९ बजेसम्म पसल खोल्न अनुरोध गरिएको छ ।