२०७८ असार ४ गते शुक्रवार

तुलसीपुर ११ मा बिदेशबाट फर्किएकाहरुको चेकजाँच सुरु

तुलसीपुर, चैत्र १४ ।तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ मा विदेशवाट आएका व्यक्तिहरुमाथि निगरानी सुरु भएको छ ।उनीहरुलाई खोज्दै स्वास्थ्य चेकजाँच गर्नुको साथै घरमै सेल्फ आईसोलेसनमा बस्न आग्रह गर्न थालिएको छ ।

उरहरी स्वास्थ्य चौकीको प्राबिधिक सहयोग र तुलसीपुर ११ नम्वर वडा कार्यालयको सहकार्यमा हालसालै बिदेशवाट फर्किएकाहरुको स्वास्थ्य परिक्षण सुरु गरिएको छ । वडा अध्यक्ष चित्रबहादुर वलीले शुक्रवारदेखि विदेशवाट हालसालै फर्किएकाहरुको स्वास्थ्य चेकजाँच सुरु भएको जानकारी दिए ।

कोरोना भाइरस प्रभावित मुलुकबाट हालसालै घर आइपुगेकाहरुको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्य परिक्षण गर्न लागिएको स्वास्थ्य चौकी प्रमुख चित्रबहादुर वलीले बताए ।

स्वास्थ्य परिक्षणका साथै मास्क बितरण तथा कोरोना भाइरसबाट बच्ने उपाय बारे सचेतना प्रदान गर्न सुरु भएको वडा सदस्य सुवाश डाँगीले जानकारी दिए । यसैबीच दुई हप्ता अगाडिसम्म बाहिरी मुलुकबाट घर आएका ब्यक्तिहरु बारे सूचना दिन वगा कार्यालयले सबै टोल बिकाश संस्था तथा टोलवासिहरुमा अपिल पनि गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *