२०७८ बैशाख २८ गते मङ्गलवार

सल्यानमा बस दुर्घटना तुलसीपुरका युवाको मृत्यु

दाङ, चैत १४ । सल्यानमा भएको बस दुर्घटनामा दाङ तुलसीपुरका एक युवाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी १८ वर्षीय सुजन नेपाली रहेको जिल्लाल प्रहरी कार्याय सल्यानका निमित्त प्रमुख लक्ष्मण वलीले जानकारी दिए ।

वलीका अनुसार विहीवार दिउँसो शारदा नगरपालिका ८ काटीगाउँबाट दुल्धारा पोखरा जाँदै गरेको ना ३ ख ७९७५ नम्बरको बस मार्केबजार नजिकै गाडीको टायर मर्मत गर्ने क्रममा भएको बस दुर्घटनामा सहचालक नेपालीको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *