२०८१ बैशाख ७ गते शुक्रवार

बेलगनारका स्थानीयले कोरोनावाट जोगिन मुख्य सडक नै बन्द गरे


दाङ, चैत १३ । कोरोना भाइरसको संक्रमणवाट जोगिन तुलसीपुर बेलगनारका स्थानीयले मुख्य सडक नै वन्द गराएका छन् । तुलसीपुर–सुकौरा सडक खण्ड अन्तरगतको बेलगनारमा अवरोध राखेर बाटो वन्द गरिएको स्थानीय घनश्याम थारुले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बेलगनारका स्थानीयले कोरोना विरुद्धको लडाईमा सरकारले सुरु गरेको लक डाउनलाई सफल तुल्याउन बाटो बन्द गरिएको जानकारी दिएका छन् ।

लक डाउनको अबज्ञा गर्दै मानिसहरुको आवात जावत नरोकिएपछि बाटो नै बन्द गर्नु परेको थारुले बताए । ‘गाउँलेको सहमतिमा बुधवार विहानदेखि नै सडक बन्द गरिएको हो,’ थारुले भने ‘सवारी साधन चढ्नेलाई मात्रै हैन विनाकाम हिड्ने पैदल यात्रुलाई पनि कारवाही गर्छौं।’

थारुले बालुवा गिट्टी ओसार्न, घोडावाट सामान डुवानी गर्न जस्ता गतिविधि मात्रै नभए एक गाउँवाट अर्को गाउँमा आवात जावात समेत बन्द गरिएको जानकारी दिए ।

गाउँका मासिनलाई अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न आग्रह गरिएको छ । लक डाउनलाई प्रभावकारी रुपमा सफल बनाउन र कोरोना भाइरसको संक्रमण वाट जोगाउन प्रहरी समेत गाउँ घरमा पुग्न थालेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *