२०८१ बैशाख ८ गते शनिवार

आइसोलेसनमा राखिएकी युवतीको सम्पर्कमा आएका व्यक्तिहरु खोज्दै प्रशासन

तुलसीपुर, चैत १२ । स्थानीय प्रशासनले बुधवार आइसोलेसनमा राखिएकी तुलसीपुर क्षेत्रकी एक युवतीका आफन्त र परिवारजनको पनि खोजी गरिने बताएको छ ।

गत चैत ६ गते कतारबाट आएका धादिङका एक युवामा कोरोना संक्रमणको पुष्टि भएपछि संगै यात्रा गरेकी दाङ तुलसीपुर क्षेत्रकी २१ बर्षीया ती युवतीलाई प्रहरी बुधवार बेलुका खोजेर अस्पताल पुर्याएको थियो । उनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले ती युवती सम्पर्कमा आएका व्यक्ति र परिवार जनका सदस्यहरुको समेत खोजी सुरु गरिने जानकारी दिए ।

‘ उहाँमा कोरोना संक्रमण पुष्टि हुन्छ वा हुँदैन,’ प्रजिअ रिजालले भने ‘ तैपनि हामीले ती युवतीको सम्पर्कमा आएका व्यक्ति र परिवारजनको खोजी गर्नेछौं।’

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *