२०८१ बैशाख ७ गते शुक्रवार

दाङमा ‘लक डाउन’को दोस्रो दिन – ३ मानिस सहित २५६ सवारी साधन नियन्त्रणमा

तुलसीपुर, चैत १२ । दाङमा ‘लक डाउन’ अवज्ञा गर्ने तीन जना मानिससहित २५६ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यसमा बस ७, ट्रयाक्टर ६, ट्रक १४, जेसिबी १, जिप,कार १३, अटो ७, मोटरसाईकल १८९ र स्कुटर १९ वटा रहेका छन् ।जिल्लाका विभिन्न क्षेत्रवाट ती सवारी साधन नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।

‘लक डाउन’को दोस्रो दिन अवज्ञा गरि हिड्ने तीन जना मानिससहित ती सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *