तुलसीपुर, चैत १२ । घडीको सुईमा साढे ६ बज्दै थियो । झुसमुसे बेलुका भइसकेको । सात जना युवाहरु सबैको साथमा एक÷एक साईकल । पहाडको ठाडो उकालोमा साईकल कुदाउन संभव थिएन । उनीहरु डो¥याइ रहेका थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ स्थित ठूलो लेखमा फेला परेका उनीहरु सल्यान जिल्लावाट साईकलमै आएका रहेछन् ।
३२ बर्षीय ईशाद अलीका अनुसार उनीहरु सल्यानवाट हिडेको दुईदिन पछि बल्ल तुलसीपुरको सीमाना पार गर्न सके । त्यो दिन उनीहरुको योजना दाङकै अमेलिया बजारमा बास बस्ने र दोस्रो दिन विहानै नेपालगञ्ज तर्फ लाग्ने भन्ने थियो ।
उनीहरु सबै भारतको बावागञ्जका स्थानीय हुन । उनीहरुलाई ठाउँ÷ ठाउँमा प्रहरीले सोधपुछ गरेको भएपनि भारतस्थित घर फर्किने लागेको बताएपछि प्रहरीले सहजै आउन दिएको अलीले बताए ।
उनीहरु झन्डै १५÷२० दिन अगाडि भाँडा वर्तनको व्यापार गर्न भन्दै बाँके, दाङ हुँदै सल्यानसम्म पुगेका रहेछन् । कोरोनाको त्रासदीले गर्दा प्रतिकुल परिस्थितिका कारण ल्याएका भाँडा वर्तन सल्यानमै थन्काएर घर फर्किन लागेको उनीहरुले बताए ।
२४ बर्षीय राजु यादवका अनुसार यहाँ सम्म उनीहरु च्यूरा र पानी खाएर आइ पुगेका हुन । ‘भात खान नपाएको दुई दिन भइसक्यो,’ यादवले भने ‘भातखाने पैंशा कसैसंग छैन ।’
मानिसहरुले इण्डियावाट आएको भन्नासाथ त्रर्सिने गरेको र भाँडा वर्तन छुन समेत नमान्ने गरेको हुँदा कत्तिपनि व्यापार नभएको यादवले बताए । ‘पहाडका गाउँ घरमा पुग्दा इण्डियावाट कोरोना बोकेर आएका हौला भन्दै मानिसहरुले झ्याल ढोका थुने,’ यादवले भने ‘हामीलाई बास बस्नपनि दिन मानेनन् ।’आज भारतमा त्रास फैलिएको भएपनि आफुहरु व्यपारका लागि नेपाल आउँदा भारतमा कोरानाको त्रास नरहेको उनले बताए ।
अलि, यादव र उनका अन्य साथीहरुले घर परिवार समेत कोरानाको त्रासले फोन गरेर छिटो फर्किन आग्रह गरेको जानकारी दिए । अलीले भने–‘श्रीमती र बच्चा फोनमा संधै रोइरहन्छन् । छिटो फर्केर आउ भन्दै अत्याएको हुँदा फर्किन लागेका हौं।’
उनीहरु सीमा नाकाबाट आफ्नो मुलुक भारत जान पाउँछन् कि पाउँदैनन् त्यो बारेमा उनीहरु पनि निश्चित थिएनन् । रुपैडिहा नाकामा पुगेर भारतीय सुरक्षाकर्मीलाई अनुनयविनय गरेपछि आफ्नो देश जान कसो नदेलान भन्ने आत्मविश्वास १९ बर्षीय हिमेश खानले व्यक्त गरे । ‘आपतमा झनैं देश र परिवारको माया लाग्दो रैछ,’ खानले भने ‘ मरेपनि आफ्नै देशमा मरौंला भन्ने ठानेर फर्किन लागेका छौं।’ उनले आमा र दिदी बहिनी फोनम संधै घर फर्किन आग्रहका साथ संधै रुने गरेको हुँदा मन थाम्न नसकेर स्वदेश फर्किन लागेको तर्क गरे ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संभावित संक्रमण रोक्न नेपालले चैत ११ गतेदेखि १८ गतेसम्म मुलकभर ‘लक डाउन’ सुरु गरेको छ । त्यही भएर उनीहरु झन्डै साढे तीनसय किलोमिटर लामो दुरी साईकल चलाएर जान बाध्य भएका हुन ।