तुलसीपुर, चैत १२ । सरकारले जारी गरेको ‘लक डाउन’को दोस्रो दिनपनि जिल्लाका प्रमुख सहर बजारहरु सुनसान नै छन् । सरकारको आग्रहलाई जिल्लाबासीले राम्रो संग आत्मसाथ गरेको देखिएको छ । तुलसीपुर, घोराही, लमही लगाएका जिल्लाका प्रमुख सहरहरु पुरै बन्द छन् । यातायात, करकारखाना, उद्योगपनि बन्द छ ।
कोरोना विरुद्धको लडाईमा जनतालेपनि सम्मेमताका साथ साथ दिएको देखिएको छ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रशाद रिजालले जनताको साथ र समर्थन विना कोराना विरुद्धको लडाई लड्न मुस्किल पर्ने हुँदा सबैलाई स्वंए आइसोलेसनमा बस्न आग्रह गरेका छन् । ‘हालसम्मको जनताको प्रयासले हामी हौसिएका छौं,’ प्रजिअ रिजालले भने ‘ आगामी दिनहरुमा पनि यही हुने आशा छ । त्यसो भएमा जिल्लामा निषेधज्ञाको आवश्यकता पर्ने छैन।’
उनले यो सरकारको भन्दापनि जनता स्वएंले आफु र परिवारको सुरक्षाको लागि केही समय सम्मेमित तथा अनुसासित भएर कोरानाविरुद्ध लड्न आवश्यक रहेको तर्क गरे ।
उठवस गराउनु गलत हो – एसपी भट्टराई
‘लक डाउन’को अवज्ञा गर्दै कतिपय अटेरी मानिसहरु दोस्रो दिनपनि सडकमा सवारी साधनसहित देखिएका छन् ।विना कारण सडकमा आउने त्यस्ता सवारी चालक र पदैल यात्रुलाई समेत प्रहरीले नियन्त्रणमा लिन सुरु गरेको छ ।
जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बुधवार झन्डै एक सय बढी त्यस्ता सवारी चालक र मानिसहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिए । एसपी भट्टराईले भने– ‘केही समयपछि ईमेलमा जानकारी आउला । म अहिले बेलझुण्डीमा प्रदेशका कानुन मन्त्री संग छु।’
उनले घोराहीमा प्रहरीले ‘लक डाउन’ अवज्ञा गरेको भन्दै एक पैदल यात्रुलाई प्रहरीले उठबस गराएको कुरा स्वीकार गरे । ‘हो मैले त्यो सुने । त्यो गलत हो । बरु पक्राउ गर्न सकिन्छ,’ एसपी भट्टराईले भने ‘ काुनन विपपरितका कार्य गर्ने ती प्रहरीलाई हामी विभागिय कारवाही गर्ने छौं।’उनले पनि जनताको ठूलो साथ समर्थन पाएको र भविष्यमा पनि यो साथ समर्थन पाउने विश्वास व्यक्त गरे ।