२०८१ भाद्र २३ गते आइतवार

चैत महिनामा ग्वारखोलामा बाढी !


तुलसीपुर, चैत १० । सुन्दापनि अचम्म लाग्ला चैत महिनामा बाढी आयो भन्ने सुन्दा ।
तर यो सत्य हो । सोमवार तुलसीपुरस्थित ग्वारखोलामा बाढी आएको छ । आइतवार राति परेको बर्षाका कारण ग्वारखोलामा बाढी आएको हो ।

त्यो बाढी सोमवार दिनभर पनि कायमै थियो । खोलामा बाढी आएपछि आसपासका सिंचाई कुलाहरुमा समेत पानी भरिभराउ देखिन्थ्यो ।

यो वर्ष हिउँददेखि नै समय समयमा वर्षा हुँदै आएको छ ।
दुई दिन अगाडि मात्रै पश्चिम दाङको ट्वाङ खोलामा आएको बाढीले यातायातका साधन अवरुद्ध गरेको थियो ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *