२०८० चैत्र १६ गते शुक्रवार

सवारी दुर्घटनामा निमित्त प्रशासकीय अधिकृत र कम्प्यूटर अप्रेटरको मृत्यु

तुलसीपुर, चैत १० । दाङको देउखुरीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा रोल्पाको गंगादेव गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृत २७ बर्षीय गणेश पुन मगर र कम्प्यूटर अपरेटर २४ बर्षीय रमेश वलीको मृत्यु भएको छ ।

मोटरसाईकल चालक निमित्त प्रशासकीय अधिकृत मगरको घटनास्थलमै र कम्प्यूटर अपरेटर वलीको उपचारका क्रममा दिउँसो दुई बजेतिर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा मृत्यु छ । गम्भीर घाइते वलीलाई लमही अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि घोराही ल्याइएको थियो ।

जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले निमित्त प्रशासकीय अधिकृत मगरको घर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नं. ५ खारा रहेको र कम्प्यूट अपरेटर वलीको घर रोल्पाको गंगादेव गाउँपालिका वडा नं. ४ मा भएपनि हाल दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ बस्दै आएको भन्ने खुल्न आएको जानकारी दिए ।

डिएसपी खड्काका अनुसार सोमवार विहान १० बजेर ५५ मिनेट जाँदा पूर्व पश्चिम राजमार्ग अन्तगरगत जिल्लाको गढवा गाउँपालिका वडा नं. १ जुरौनीमा काठमान्डौंवाट दाङ तर्फ आउँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले विपरित दिशा तर्फ जाँदै गरेको रा १ ब ८१८ नम्वरको सरकारी मोटरसाईकललाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

मृतक मध्य निमित्त प्रशासकीय अधिकृत मगरको शव लमही अस्पतालमा र कम्प्यूटर अपरेटर वलीको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको प्रहरीले बताएको छ ।

मोटरसाईकललाई ठक्कर दिएपछि बस पल्टिदा तीन जना यात्रु घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी २५ बर्षीय अजय कवर, तुलसीपुर १२ सितलपुर निवासी २४ बर्षीया सन्ध्या खत्री र बर्दिया जिल्लाको बाँसगडी नगरपालिका वडा नं. ६ निवासी १८ बर्षीया कृष्णा चौधरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । उनीहरु सबै उपचार पछि घर फर्किसकेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *