२०८१ बैशाख ८ गते शनिवार

सहमती विपरित भारतवाट सयौं यात्रु रुपैडिहा नाकाबाट भित्रिए

बजार सुनसान हुँदै आवश्यक सावधानी नहुँदा गाउँमा त्रास

तुलसीपुर, चैत १० बाँकेस्थित रुपैडिहा नाका आइतवार नै बन्द गर्ने सहमति दुई देशका सुरक्षा अधिकारी बीच भयो

तैपनि भारतीय भूभागवाट गएराति सोमवार विहान सम्म गरि  झन्डै अढाई सय जति नेपाली बाँकेस्थित रुपडिहा नाकामा आएका छन् त्यसैले अब उनीहरुको व्यवस्थापन के कसरी गर्ने भन्ने समस्या खडा भएको

प्रमुख जिल्ला अधिकारी कुमार खड्काले आएका मानिसहरु नेपाली भएको हुँदा फर्काउन पनि असंभव भएको हुँदा कसरी व्यवस्थापनगर्ने भन्ने सवालमा छलफल भइरहेको जानकारी दिए

सहमती विपरित भारतले मानिसहरु पठाएको बताएका उनले आएका सबै नेपाली नागरिक नै भएको हुँदा  मानविय नाताले फर्काउन पनिनमिल्ने स्थिति रहेको जानकारी दिए अब उनीहरुलाई  के कसरी व्यवस्थापन गर्ने गर्ने भन्ने बारेमा छलफल भइरहेको प्रजिअ खड्कालेबताए

आइतवार मात्रै नेपाल सरकारले चीन भारत तर्फका सबै नाकाहरु एक हप्ताको लागि वन्द गर्ने निर्णय गरिसकेको

दाङको तुलसीपुरमा बसपार्कमा पनि सयौं यात्रु अलपत्र

छिमेकी देश भारत लगाएत नेपालकै बाहिरी जिल्लावाट दाङ आइपुगेका सयौं यात्रु तुलसीपुरस्थित बसपार्कमा अलपत्र परेका छन् प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालका अनुसार तुलसीपुर बसपार्कमा झन्डै ढाई तीन सय मानिसहरु विभिन्न स्थानवाटआइपुगेको हुँदा उनीहरुलाई कसरी गनतव्य सम्म पुर्याउने भन्ने वारेमा छलफल भइरहेको जाकारी दिए

अहिले आफुहरुले छलफल गरिरहेको बताएका उनले  सम्वन्धित जिल्लाको सीमानासम्म पु¥याइदिने कुरा भइरहेको बताए

सम्वन्धित जिल्लाको प्रहरी अधिकारीलाई जिम्मा लगाउने गरि कुरा भइरहेको उनले बताए दाङ हुँदै सल्यान, रोल्पा, रुकुम, प्यूठानलगाएका पहाडी जिल्लाहरु जाने सयौं सर्वसाधारण छिमेकी देश भारत लगाएत देशका विभिन्न जिल्लावाट कोरोना भाइरसको त्रासकाकारण गाउँ घर तर्फ फर्की रहेका छन्

मानिसहरु एकाएक गाउँ घरमा फर्किएको दृष्य दशैं तिहार जस्ता चाड पर्वहरुको जस्तै देखिएको

मानिसहरु चाड पर्व मनाउन आए जस्तै गरि गाउँ घरमा फर्किदा गाउँ घरमा भने कुनैपनि सावधानी अपनाइएको छैन जसले गर्दा सहरबजारमा भन्दा गाउँ घरमा झनैं जोखिम बढेको सर्वसाधारणले चिन्ता जाहेर गरेका छन्

यद्यपी तुलसीपुर उपमहानगरपालिकाले छिमेकी देश हुँदै दाङ प्रवेश गर्ने नाका तुलसीपुर १३ दमारगाउँ राजधानी वाट प्लेन वाटआउनेहरुका लागि टरिगाउँ एयरपोर्टमा स्वास्थ्य चेकजाँच गर्दै आएको

तीन दिन अगाडि मात्रै दमार गाउँबाट भारतीय तीन दर्जन बढी नागरिकहरु भारत तर्फ नै फिर्ता गरिएको थियो

कोरोनाको त्रास फैलिदै जाँदा दाङमा पनि बजारहरु सुनसान जस्तै बन्न थालेका छन् भने गाउँ घरमा मानिसहरुको चहलपहल बढेकोदेखिएको

 

 

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *