२०७८ बैशाख ३१ गते शुक्रवार

दाङको देउखुरीमा बसको ठक्करवाट मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु

दाङ, चैत १० । दाङमा बसको ठक्करवाट एक मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परि बसमा सवार ८ जना जति यात्रु सामान्ने घाइते भएका छन् ।

मृतकको साथमा फेला परेको लाईसेन्समा रोल्पाको गंगादेव गाउँपालिका निवासी २४ बर्षीय रमेश वली भन्ने नाम खुल्न आएको प्रहरीले जानकारी दिएको छ । उनको घटना स्थलमै मृत्यु भएको थियो ।

पूर्व पश्चिम राजमार्ग अन्तगरगत जिल्लाको गढवा गाउँपालिका वडा नं. १ जुरेनीमा सोमवार विहान १० बजेर ५५ मिनेटमा काठमान्डौंवाट दाङ तर्फ आउँदै गरेको बा ६ ख ३९६७ नम्वरको बसले रा १ ब ८१८ नम्वरको सरकारी मोटरसाईकललाई ठक्कर दिदा चालकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय घोराही दाङले जानकारी दिएको छ ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *