२०७८ बैशाख २५ गते शनिवार

विप्लवका दाई जयन्द्र काठमान्डौंमा पक्राउ

काठमान्डौं, चैत १० । सरकारद्धारा प्रतिवन्धित ‘विप्लव’का सहदोर दाई जयेन्द्र चन्द पक्राउ परेका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)का दाई जयेन्द्रसहित ६ जनालाई आइतबार बेलुकी ८ बजेतिर महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको विषेश टोलीले ललितपुरवाट पक्राउ गरेको थियो ।

जयन्द्र संगै पक्राउ पर्नेमा विनोद चन्द, प्रेम कृष्ण, कमल सुनार, अनिल मगर र कृष्ण मगर रहेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका जयन्द्र उक्त पार्टी अन्तरगत नेपाल गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रहेको प्रहरीले बताएको छ ।

यसअघि दाङको राजपुर नाकावाट विप्लवका अर्का दाई विरजंग गत असोजमा पक्राउ परेका छन् । उनीसहित २१ जना नेतालाई प्रहरीले रातिमा सुतेको समयमा घेरा हालेर पक्राउ गरेको थियो ।

 

 

 

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *