२०८१ असोज ४ गते शुक्रवार

बन समुहको कार्यालयमा ताला लगाएको प्रति ध्यानाकर्षण

तुलसीपुर, चैत १० । नवदुर्गा सामुदायिक बन उपभोक्ता समुहको कार्यालयमा केहि व्यक्तिहरुले असन्तुष्टी व्यक्तगर्दै ताला लगाएको विषयमा समुहका पदाधिकारीहरुले गम्भीर ध्यानकर्षण भएको जनाएका छन् ।

समुहका पदाधिकारी तथा राजनितिकदलका प्रतिनिधि सहित तुलसीपुरमा भएको पत्रकार समेलनमा व्यक्तिगत असन्तुष्टि एव कुण्ठाबाट अभिप्रेरित भई व्यक्ति वा संस्थाको मान मर्दन हुनेगरी गरिएका कार्यहरु तुरुन्तै रोकी नियमित कार्य सञ्चालनमा सहयोग गर्नका लागि समुहका पदाधिकरीहरुले आग्रह समेत गरेका छन् ।

बन उपभोक्ता समुहका अध्यक्ष केशवराज सापकोटाले पछिल्लो समयमा आएर केहि उपभोक्ता तथा सञ्चार माध्यमहरुबाट प्रतिष्ठीत व्यक्तिहरुको नाम जोडेर गरिएका विरोध तथा लगाइएको लाञ्छना प्रति आफुहरु निकै मर्माहत भएको बताएका छन् ।

उनले पत्रकार समेलनमा बोल्दै यस्ता कुराहरुमा कुनै सत्यता नभएको कुरा पनि प्रष्ट पारे । अध्यक्ष सापकोटाले आफुहरु पछिल्लो समयमा अव्यवस्थीत बनलाई व्यवस्थीत गराउन लागेको भन्दै यदि कोहि कसैलाई कार्यसमितिको कार्यप्रक्रिया प्रति आशंका भएमा निश्पक्ष छानविन गर्न सहयोग गर्ने समेत सम्वन्धित सवै पक्षहरुसंग अनुरोध समेत गरे ।

उनले तुलसीपुर उपमहानगरपालिका वडा नंं. ८, ९ को पहल तथा राजनैतिक दलहरुको समन्वयमा २०७६ माघ २१ गते साधारणसभा भएको र सवै उपभोक्ता दलिय सहमतिका आधारमा कार्यसमिति चयन भएको भन्दै आफुहरुले जिम्मेवारी पाएसंगै बन व्यवस्थानमा लागेको बताए ।

उनले निवर्तमान कार्यसमितिले नियमित रुपमा गर्नुपर्ने साधारण सभा ३ बर्षसम्म नभएको र आर्थिक अनियमिता भएको सन्दर्भमा बन व्यवस्थापन लगाएका गतिविधिहरु हुन नसकिरहेको अवस्थामा नवदुर्गा ग्रिनपार्क निर्माणका लागि सम्झौताका साथै उपभोक्ताहरुको सदस्यता नविकरण नभएको अवस्थामा आफुहरुले अहोरात्र खटेर सवै कामहरु सम्पन्न गरि डिभिजन वन कार्यालय दाङको विषेश सल्लाह र अनुगनम तथा सवडिभीजन वन कार्याल्य तुलसीपुरको प्रत्यक्ष निगरानि एव प्राविधिक सहयोगमा वन व्यवस्थापनको कार्य सम्पन्न गरेको बताए ।

उनले बन व्यवस्थापन गर्दा प्राप्त भएका दाउरा प्रत्येक उपभोक्ता घरधुरीलाई उपलव्ध गराइ, वलावली समेत उपलव्ध गराएको बताए । करिव १४ सय उपभोक्ता रहेको वनलाई आफुहरुले विभिन्न पर्यटकी स्थलको रुपमा विकाश गर्न योजना समेत अगाडी सारेको बताए ।

‘हिजो मनपरि गरेकाहरुले अहिले विभिन्न आरोप लगाएका छन् यदि हामीहरुबाट केहि कम्जोरी भएमा त्यसको भागेदार हामीहरु हुनेछौं उनले भने । त्यस्तै बन समुहका कोषाध्यक्ष तुलप्रसाद खरालले बनको आम्दानी तथा खर्चको विवरण पेश गरेका थिए ।

सो अवसरमा नेकपाका विरबहादुर वलीले हिजो मनपरी गरेका केहि व्यक्तिहरुले विभिन्न वहाना गराएको भन्दै यस समितिले कहि कतै नराम्रो काम नगरेका बताए ।

त्यस्तै मुक्तिप्रसाद भट्टराईले गैरजिम्मेवार काम गर्ने र बनको कार्यालयमा ताला लगाउदा गम्भीर प्रस्तथिति निकल्ने बताए । त्यस्तै नेपाली काँग्रेसका वडा सभापति लिलामणि गौतमले पनि यस समितिले कहि कतै गल्ती नगरेको बताए

। राजनितिकदलका प्रतिनिधिहरुले यदि तेस्तो पाएमा अनुसन्धान गरि सत्यतथ्यको आधारमा यसको निकास निकाल्नुपर्ने बताए ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *