२०८१ भाद्र २३ गते आइतवार

सीमा नाकाबाट आवात जावात नियन्त्रण गर्ने निर्णय

तुलसीपुर ,चैत १० । भारतसँग सीमा जोडिएका दाङका नाकाहरुबाट मानिसहरुको आवात जावात नियन्त्रण गर्र्ने निर्णय भएको छ ।आइतवार बसेको सरोकारवालाहरुको बैठकले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण रोक्न मानिसहरुको आवात जावातमा नियन्त्रण र कडाई गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजालले जानकारी दिए ।

नाका वन्द गर्न दुई देशको सहमती चाहिने भएको हुँदा मानिसहरुको आवात जावातमा कडाई तथा नियन्त्रण गर्ने निर्णय गरिएको प्रजिअ रिजालले बताए ।

सीमा नाकावाट आवात जावात गर्ने मानिसहरुलाई कडाईका साथ चेकजाँच गरिने उनले बताए । कोइलावास लगाएत भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुरुङखोला नाका, भौरीसाल नाका, सुनपथरी सहित २६ नाकाहरुमा आइतवारदेखि कडाई गर्ने निर्णय प्रशासनले गरेको हो ।

सरोकारवालाहरुको बैठकले प्रचार प्रशारलाई अझै व्यापक वनाउने, हरेक व्यक्तिलाई सेल्फ आइसोलेसनमा घर भित्रै बस्न आग्रह गर्ने, अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन आग्रह पनि गरेको छ । त्यस्तै हेल्पडस्क स्थापना नभएका स्थानीय तहले तुरुन्तै स्थापना गर्ने, बजारमा कृतिम अभाव सृजना हुन नदिनका लागि उद्योग वाणिज्य संघले सहयोग गर्ने ,सम्वन्धित निकाएले बजार अनुगमन गर्ने लगाएतका निर्णय भएको रिजालले बताए ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *