सल्यान,चैत ९ । सल्यानको कपुरकोट गाउँपालिकाले चैत २१ गतेसम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ती प्रकासित गर्दै सो जानकारी गराएको हो ।
संघीय सरकारको निर्णय बमोजिम ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक वाहेकका सम्पूर्ण सेवा हरु बन्द गरिएको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले विज्ञप्ती मार्फत जानकारी दिएका छन् ।
अबदेखि गाउँपालिका अन्तर्गतका कार्यालय, शाखा, फाँट, ईकाईबाट अत्यावश्यक सेवा वाहेकका अन्य सेवाहरु बन्द रहने छन् । सल्यानमा कर्णाली प्रदेश सरकारसंगको समन्वयमा कपुरकोटमा हेल्थ डेस्क स्थापना गरी चौबिसै घण्टा चेकजाँच भइरहेको छ ।
पालिकाभित्रका ६ वटै वडाहरुमा आवश्यक स्वास्थ्यकर्मी सहित सतर्कता समिति गठन गरी कोरोनाबाट जोगिनका लागि आवश्यक कदमहरु चालिएको छ ।
प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार