२०७८ असार ४ गते शुक्रवार

कोरोनोको आशंका भए अब टोल फ्रि नम्वरमा फोन गर्नुहोस

तुलसीपु,चैत ९ । तुलसीपुर उपमहानगरपालिकाले कोरोनाको आशंका भएका कुनैपनि व्यक्तिले पैंशा नलाग्ने फोन नम्वरमा फोन गर्न अपिल गरेको छ । कसैलाई आशंका लागेमा र आपतकालिन उद्दारका लागि पैसा नलाग्ने टोल फ्रि नम्वर सञ्चालनमा ल्याएको उस्ले जानकारी दिएको छ ।

कोरोनाको आशंका भएमा, त्यस्ता कुनैपनि लक्षण कसैमा देखिएमा र अन्य कुनैपनि खालका समस्या तत्काल सम्वोधन गर्न टोल फ्री नम्वर सञ्चालनमा ल्याइएको उस्ले बताएको छ ।

नगर प्रबक्ता क्ता सुर्यवहादुर डाँगीले कुनैपनि आपतकालिन सेवाका लागि एम्वुलेन्स सहित स्वास्थ्यको टोलि तयारी अवस्थामा राखिएको बताएका छन् । उपमहानगरपालिका स्वास्थ्य शाखाले अमिलिया सडक खण्डको दमारगाउँ र टरिगाउँ विमानस्थलमा निरन्तर चेकजाँच गरिरहेको स्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए ।

तुलसीपुरका जो कोहीले पनि यो टोल फ्री नम्वरमा विना पैंशा फोन गरेर सहयोग माग्न सक्ने छन् । टोल फ्री नम्वर १६६०८२५२००० ।

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *