२०७८ बैशाख ३१ गते शुक्रवार

कोरोनाबाट बच्न निशुल्क मास्क बितरण

तुलसीपुर,चैत ९ । तुलसीपुर उपमहानगरपालिका वडा नं ५ ले आइतवार देखि निशुल्क मास्क वितरण गर्न सुरु गरेको छ ।

कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेका बेला दाङमा पनि  यसको त्रास देखिएकोले वडामा आउने प्रत्येक सेवाग्राहीलाई माक्स बितरण गर्न सुरु गरिएको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले जानकारी दिए ।

वडाले आइतवार एक कार्यक्रमको आयोजना गरिे माक्स बितरण गर्न सुरु गरेको हो ।

कोरोनाको सक्रंमण र यसको रोकथाम गर्ने उद्देश्यले वडाले अत्याआवश्यक सेवा बाहेक सर्वसाधारण भिडभाड नगर्न ,साबुन पानी र सेनिटाइजरले नियमित रुपमा हात धुन र निरन्तर रुपमा माक्सको प्रयोग गरिदिन सेवाग्राहीलाई आग्रह गरिएको वडा सदस्य सुरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा वडाले २ हजार माक्स बितरण गर्दै छ ।

साथै वडाले आइतवार एक सुचना जारी गरि कोरोनाको सक्रंमणबाट महामारी फैलन नदिन सहयोग गरिदिन वडा नं ५ ले सबै वडाबासीलाई आग्रह समेत गरेको छ ।

 

 

 

 

 

प्रकाशित मिति : २०७६ चैत्र ९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *