२०८१ भाद्र २६ गते बुधवार

यात्रु ल्याउन राप्ती त्रिशिद्धेश्वरी प्रालिले रित्ता १५ बसहरु काठमान्डौं पठायो

तुलसीपुर, चैत त्रिशिद्धेश्वरी राप्ती यातायात प्रालिले शनिवार रित्ता बसहरु काठमान्डौं पठाएको प्रालिका अध्यक्ष सुरेश हमाललेपहिलेको डायललाई यथावस राख्दै शनिवार थप रित्ताबसहरु काठमान्डौं पठाइएको जानकारी दिएका छन्

काठमान्डौंवाट दाङ आउन चाहाने यात्रुको चापलाई मध्यनजर गर्दै ती बसहरु सहयोगको लागि पठाइएको अध्यक्ष हमालले उल्लेखगरेका छन्   व्यवसाय गर्न नभई विपतको समयमा सरकारको आग्रहलाई व्यवहारमा उतार्न मानविय सेवाका लागि ती अतिरिक्त बसहरुपठाइएको उनले जानकारी दिएका छन्

अध्यक्ष हमालले भनेव्यवसाय भोलिपनि गर्न सकिन्छ, अहिले सरकारको अनुरोधलाई व्यवहारका लागुगर्नु जरुरी छ।

प्रालिका डायल इञ्चार्ज दिनेशजंग शाहले काठमान्डौंवाट दाङ आउन चाहाने कुनैपनि सर्वसाधारणलाई असुविधा नहोस भनेर शनिवारदाङदेखि १५ वटा अतिरिक्त रित्ता बसहरु काठमान्डौं पठाइएको जानकारी दिए

सरकारले चैत १० गतेदेखि लामोदुरीका यातायातका साधान सञ्चालनमा रोक लगाउने भनेको हुँदा त्यसलाई मध्यनजर गर्दै आउन इच्छुकयात्रु सहजै आउन सकुन भनेर ती बसहरु पठाइएको शाहले जानकारी दिए

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *