२०७८ असार ४ गते शुक्रवार

घोराहीमा झन्डै ३ लाख रकमसहित ९ जुवाडे पक्राउ

तुलसीपुर, चैत प्रहरीले झन्डै तीन लाख रकमसहित घोराहीबाट नौं जुवाडेलाई पक्राउ गरेको

पक्राउ पर्नेमा घोराही वडा नं. १० का ४३ बर्षीय मलबहादुर डाँगी, घोराही १७ का २७ बर्षीय प्रेम पुन, घोराही १० का ४० बर्षीय दोर्णबहादुरमहरा, घोराही १४ का ५० बर्षीय गुमानसिंह डाँगी, घोराही १० का ३८ बर्षीय हरिबहादुर विक, घोराही १८ का २७ बर्षीय आकाश लम्साल, घोराही १२ का ३१ बर्षीय टोपेन्द्र विष्ट, घोराही १० का ३८ बर्षीय धनवहादुर वली घोराही ११ का ३२ बर्षीय अनिल विक रहेको दाङकाप्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन्

घोराही उपमहानगरपालिका वडा नं. १४ सरस्वती टोलस्थित बुढाथोकी समिर होटेलमा जुवा खेलिरहेको समयमा गएराति उनीहरु पक्राउपरेको डिएसपी खड्काले बताए

प्रबक्ता खड्काका अनुसार उनीहरुवाट दुई लाख ८९ हजार १५ रुपैंया बरामद भएको पक्राउ परेका सबैका विरुद्ध अनुसन्धान जारीरहेको प्रहरीले बताएको

प्रकाशित मिति : २०७६ चैत्र ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *