२०८१ जेष्ठ ६ गते आइतवार

अदालत १५ दिन विदा, अत्यावश्यक सेवा मात्रै दिइने

काठामन्डौं, चैत ७ । मुलुभरका अदालत तथा न्यायाधीकरणबाट दिइने अत्यावश्यक बाहेकका सेवा दुई हप्ताका लागि बन्द हुने भएका छन्।

कोरोना भाइरसको सञ्त्रासका कारण यस्तो निर्णय गरिएको छ ।

सर्वोच्चको फूलकोर्ट बैठकले बन्दीप्रत्यक्षीकरणका मुद्दामा सुनुवाई गर्ने र पक्राउ अनुमति दिने जस्ता कामकारबाही बाहेक अन्य काम स्थगीत गर्ने शुक्रवार निर्णय गरेको छ।

सर्वोच्च अदालतमा बसेको फूलकोर्टले १५ दिनका लागि आफ्ना सेवाहरू स्थगीत गर्ने निर्णय गरेको जानकारी दिइएको छ । केही दिन अघि नेपाल बार एशोसिएशनले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्न सर्वोच्चलाई सुझाव दिएको थियो।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र राणाले आकस्मिक फूलकोर्ट बैठक डाकेका थिए।

 

 

प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *