दाङ, चैत ७ । श्रीलंकाकाले कोरोनाका कारण देशभर कर्फ्यू जारी गर्ने घोषणा गरेको छ।
शुक्रबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यू जारी गर्ने घोषणा गरिएको छ । कुरोना भाइरसको रोकथाम गर्न राष्ट्रपति गोटबाया राजपक्षले उक्त घोषणा गरेका हुन ।
कर्फ्यू जारी पछि सार्वजनिक यातायात र महत्वपूर्ण सेवाहरू मात्रै जारी रहने छन् । अरु सबै सेवाहरु बन्द हुने छन् । श्रीलंकामा हालसम्म ५३ जना कोरोना संक्रमित फेला परेका छन् ।
यसअघि श्रीलंकाले सबै अन्तराष्ट्रिय उडानहरू बन्द गरेको थियो। गत बिहिबार श्रीलंकाले संसदिय चुनावलाई पनि अनिश्चितकालका लागि स्थगित गरेको थियो। छिमेकी देश भारतले पनि जनता कर्फ्यू जारी गरि सकेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार कोरोनाभाइरस बाट बच्नका लागि जनतालाई घर बाहिर ननिस्कन आग्रह गरि सकेका छन् ।
प्रकाशित मिति : २०७६ चैत्र ७ गते शुक्रवार