प्युठान,चैत ७ । कोरोना भाइरस संक्रमण भएको आंशका गरिएका प्यूठानका एक यूवाको रिपोर्ट नेगेटिभ आएको छ ।
ऐरावती गाउँपालिका बरौला प्यूठान निवासी ती यूवा भारतबाट घरमा आएका थिए । कोरोनाका लक्षणहरु उनीसँग देखिएपछि आंशकमा उनलाई लुम्विनी प्रादेशिक अस्पताल बुटवल पु¥याइएको थियो ।
बुटवलमा चेकजाँच गर्ने प्रयोगशाला नभएपछि राष्ट्रिय प्रयोगशाला टेकुँ काठमाण्डौँ लगिएको थियो । विहिवार साँझ देशभरका १८ जनाको एकैपटक सार्वजनिक गरिएको रिपोर्ट अनुसार उनको पनि नेगेटिभ देखिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिए ।
ऐरावती गाउँपालिका र स्वास्थ्य कार्यालय प्यूठानको पहलमा ती यूवालाई उपचारका लागि बुटवल लगिएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी गराए । प्यूठानी एक यूवालाई संक्रमणको आंशका जिल्लाभर फैलिएपछि आम नागरिकमा त्रास छाएको थियो ।
गाउँ गाउँमा यसले नकरात्मक प्रभाव पारेको थियो । नेगेटिभ रिपोर्ट आएसँगै नागरीकमा त्रास कम हुनेछ । जिल्लाका ९ वटै स्थानीय तह, जिल्ला विपत् व्यवस्थापन समिति, स्वास्थ्य कार्यालय प्यूठान र प्यूठान अस्पतालले कोरोना संक्रमण हुन नदिनका लागि जिल्लाभर सतर्कता अपनाउन थालेका छन् ।