२०७८ बैशाख २५ गते शनिवार

तुलसीपुरमा पार्किङ गरि राखेको बसमा आगजनी


दाङ, चैत ६ ।
तुलसीपुर बसपार्कमा पार्किङ गरेर राखेको एक बसमा आगजनी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ स्थित बसपार्कमा पार्किङ गरेर राखेको बसमा गए राति आगजनी भएको छ ।

बसमा कसले र किन आगजनी गरेको हो ? भन्ने बारेमा अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता चक्रडम्मर पालले जानकारी दिए ।

ना ४ ख ७१८८ नम्वरको सुमन कार्कीको बसमा गएराति ११ बजेतिर आगजनीबाट बसमा क्षति पुगेको छ । त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिको उक्त बस विगत तीन महिनादेखि बसपार्कमा पार्किङ हुँदै आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७६ चैत्र ६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *