२०७८ असार ४ गते शुक्रवार

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी मानिस भेला हुन नपाइने

काठमान्डौं, चैत ५ । कोरोनाभाइरसका कारण अबदेखि सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने भएको छ । कोरोनाभाइरस संक्रमण जोखिमलाई ध्यानमा राख्दै बुधबार बसेको उच्च स्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

अबदेखि पार्टिप्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना भन्दा बढी व्यक्ति एकैठाउँ बस्न पाइने छैन । स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले अब कसैलाई कोरोना देखिएमा मन्त्रालयले नै कुन अस्पतालमा उपचार गर्ने भनेर निर्णय सरकारले नै गर्ने जानकारी दिए ।

यसैबीच अबदेखि पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुकहरू इरान, टर्की, मलेसिया, जापान, दक्षिण कोरिया र यूरोपका सबै मुलुकबाट आउने यात्रुलाई समेत रोक लगाइको छ।

ती मुलुकलाई ट्रान्जिट बनाई अन्य जुनसुकै मुलुकबाट आउने सबै यात्रुलाई २० मार्च रातिबाट लागुहुने गरी १५ अप्रिलसम्म मुलुक प्रवेशमा रोक लगाइएको छ।

त्यसैगरी फिल्म हल, जिम हल, नाइट क्लब, रंगशाला, सांस्कृतिक केन्द्र, हेल्थ कल्ब, संग्रहालय र स्विमिङ पुलहरू समेत २० अप्रिल सम्म बन्द गर्ने निर्णय गरिएको छ।

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *