२०८१ बैशाख २४ गते सोमवार

दाजु भुपेसले कारमा मुक्काले हिर्काएपछि सुरु भएको झगडाले हिरालाई मृत्युको मुखसम्म पुर्यायो

तुलसीपुर, चैत ५ । सुरुमा झगडा र बिवादको चुरो ठूलो हुँदैन । सानै हुन्छ । आगो जस्तै । समयमै व्यवस्थापन गर्न नसके त्यो फैलिदै जान्छ । त्यसले पछि ठूला–ठूला र अकल्पनिय दुःखद पीडाहरु दिन्छ । कतिपयका शब्दमा तुलसीपुरमा हालसालै घटेको एउटा दुःखद घटनापनि त्यस्तै मान्न सकिन्छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ नामिनगर निवासी २४ बर्षीय हिरा डाँगीमाथि चैत ३ गते मध्यरातमा गोलौरामा खुकरी प्रहार भयो । खुट्टा र तिघ्रामा गहिरो घाउ भएका कारण घटनास्थलमै अध्यधिक रक्तस्राव भइसकेको थियो । उनको अवस्था गम्भीर थियो । तुलसीपुरमा उपचार संभव नभएपछि बाँके लगियो । त्यहाँपनि उपचार संभव भएन । त्यसपछि उक्त दिन नै बाँकेवाट हेलिकोप्टर चार्टर गरि काठमान्डौं लैजाँदै गर्दा हिराको दिउँसो बाटोमै मृत्यु भयो । काठमान्डौं पुर्याए लगतै चिकित्सकले उनलाई मृत घोषित गरे ।

खाउखाउँ र लाउँलाउ भन्ने बेलोको एउटा कलियो युवाको असामहिक तथा अकल्पनिय मृत्युको खवर क्षणभरमै सर्वत्र फैलियो । त्यसले परिवारजनलाई मात्रै हैन यतिबेला उनका शुभचिन्तक र सबै साथीभाई विक्षिप्त छन् । एक किसिमले समाज पुरै शोकमा डुवेको छ ।

तर,यो दुःखद घटना एकाएक भने भएको देखिदैन । झगडा वा बिवादमा सामेल दुबै पक्षका युवाहरु बीच आजभन्दा ७÷८ महिना अगाडि बाट एउटा कारको विषयवाट सुरु भएको थियो ।

हिराका दाजु भुपेस डाँगीले मुक्काले हिर्काएपछि उनीहरुका बीचमा बिवाद सुरु भएको जानकारहरु बताउँछन् । जुन कार इन्द्रमणि केसीको हो । केसी अनुप बस्नेतका भिनाजु हुन । उक्त दिन बेलुका साढे सात वा आठ बजेको समयमा केसीको छोराको पास्नि थियो ।

छोरा विरामी भएको हुँदा उनी औषधी लिन हस्पिटल पुगेका थिए । औषधी किनेर डाँगीको घर भएको टोल नामिनगर हुँदै फर्किदै थिए । कारमा केसी, उनका साला अनुप,कस्मिर टन्डन, सुवाश वस्नेत लगाएका सवार थिए ।

त्यही क्रममा भुपेस डाँगीले विस्तारै गुडिरहेको कारमा मुक्काले हिर्काए । उनीहरुकै दाबी अनुसार डाँगी मदिराले मातेका थिए ।

विनाकारण कारणमा हिर्काएपछि अनुपले झरेर दाई किन मुक्काले हिर्काएको भनि सोधे रे ? छलफल चल्दै गर्दा कारधनी केसी त्यहाँवाट कारसहित निस्किए ।

सामान्ने भनाभन हुँदाहुँदै उनीहरुका बीचमा हातहाला हाल नै भयो । सामान्ने कुटाकुट भयो । घटना प्रहरी सम्म पुग्यो । प्रहरीले सामान्ने घटना भन ठानेर दुबै पक्षलाई मिलाएर पठायो । हप्तादिन नवित्दै भूपेसले अन्य साथीहरुको रोहवरमा मदिरा सेवन गरेको समयमा आफुबाट गल्ति हुन गएको भन्दै मित्रताको हात अगाडि बढाए । अनुपहरुले पनि त्यही गरे । त्यसपछि सबै ठिक भयो ।

त्यतिबेला हिरा काठमान्डौंमा थिए । जानकारहरुका अनुसार उनी झन्डै डेढ महिना अगाडि मात्रै दाङको तुलसीपुरस्थित घर आए । अनि निको भइसकेको घाउलाई हिराले पुनः उप्काउन खोजे । दाजु भुपेसलाई कुटेको ‘ईगो’ मनमा पालेर बसे ।

हिरा, अनुप लगाएत अन्यपनि सबै आपसमा चिनजान भएकै साथी भाइ हुन । तरपनि हिराले पटक÷पटक त्यो कुरा गरे ।

घटना हुनु भन्दा पहिला चैत २ गते बेलुकापनि हिरा र अनुपका साथीहरु तुलसीपुरस्थित क्लाउड रेष्टुरेन्टमा संगैसंगै खाजा नास्ता खाए । ड्रिङ्सपनि गरे । मदिरा खाँदै गर्दा हिराले फेरि दाजु भुपेस संगको झगडाको कुरा झिक्न खोजे । त्यहाँपनि विवाद हुने स्थिति देखिएको हुँदा अनुप र टन्डन निस्किए । तुलसीपुर ६ स्थित घर आए ।

त्यसपछि पनि फोनमा दुबै पक्षमा भनाभन भयो । स्रोतका अनुसार उक्त दिन दुबै पक्षले मदिरा सेवन गरेका थिए । ‘ईगो’ र ‘मदिरा’। घटना घट्न उत्प्रेरित गर्ने तत्व बने । प्रहरीपनि त्यही ठान्छ ।

हिरा र उनका साथीहरु मध्यरातमा तुलसीपुरको प्रादेशिक अस्पताल क्षेत्रवाट दक्षिणको एयरपोर्ट सम्म आउने प्रमुख कारण त्यही ‘मदिरा’ र ‘ईगो’ नै थियो । अझ घटनास्थल एयरपोर्ट भन्दा झन्डै दुई सय मिटर जति भित्र पश्चिममा अवस्थित एकान्तस्थल बस्नेत जलसेवा नजिकै घटेको छ । हिरापनि चार÷पाँच जना जतिको संख्यामा मोटरसाईकलमा त्यहाँ पुगेको प्रहरीले पनि बताएको छ । यद्यपी गौलौराका स्थानीय भने त्यो संख्या अलि धेरै रहेको दाबी गर्छन ।

आफन्त र स्थानीयका अनुसार घटनापछि राति नै पक्राउ परेका मध्य अमिक खड्का र सुशील बस्नेतले हिरा डाँगीलाई राप्ती प्रादेशिक अस्पताल पुर्याएका थिए ।

अमिकले आफैले लगाएको भेष्ट च्यातेर रगत बग्न नपावस भन्ने उदेश्यका साथ हिरा डाँगीको खुट्टामा बाँधेरे अस्पताल पुर्याउन भूमिका खेले । उनका आफन्त र साथीहरुले यही भने ।

सुशील बस्नेत जेलसेवा सञ्चालक हुन । उनी रातमा त्यही बस्छन् । त्यो दिनपनि बस्नेत जलसेवामा सुशील, अमिक र कोहलपुरका अर्का एक युवापनि सुतेका थिए ।

कोहलपुरका ती युवालाई पनि प्रहरीले घटनापछि बस्नेत संगै ईप्रका लगेको थियो । तर निर्दोश देखेपछि उनलाई सोही दिन नै छोड्यो । दुबै पक्षका बीचमा फोनमा भनाभन भएपछि अनुप र टन्डन मध्य रातमा मात्रै जलसेवामा पुगेको स्रोतले दाबी गरेको छ ।

प्रहरीले घटनावारे अनुसन्धान सुरु गरि सकेको छ । सत्यतथ्य पत्ता लगाएर बास्तविक दोषीलाई कारवाही हुनु पर्छ भन्ने माग सबैको छ ।

एकपक्षिय समाचार सम्प्रेसन भएको दाबी
तुलसीपुर ६ गोलौराका स्थानीयबासी तथा हिरा डाँगीको हत्या अभियोगमा पक्राउ परेका युवाहरुका आफन्तले एकपक्षिय ढंगले समाचार सम्प्रेसन भएको भन्दै रोष प्रकट गरेका छन् । स्थानीयले सर्वसाधारण महिलाले समेत उक्त दिन हिरा लगाएका उनका साथी मध्यरातमा मोटारसाईकलमा ओहोर दोहोर गरेको तथा अनुप भन्दै कराएको आफुहरुले सुनेको बताएका छन् ।

तुलसीपुर ६ गोलौरामा आयोजित पत्रकार सम्मेलनमा कतिपय आफन्त तथा साथीहरुले हिरा र उनका साथीहरुले नै ल्याएको खुकुरी खोसेर अनुपले ज्यान जोगाउन प्रतिकार गर्ने क्रममा दुःखद घटना हुन पुगेको जिकिर गरेका छन्। हिरा डाँगीमाथि खुकुरी प्रहार गरि हत्या गरेको आरोपमा पक्राउ परेका अभिभावक तथा आफन्तले डाँगीको निधनप्रति दुःख समेत व्यक्त गरेका छन् ।
( आफन्त र गाउँले कस्ले के भने भिडियोसहित)

 

 

प्रकाशित मिति : २०७६ चैत्र ५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *