२०८१ बैशाख ८ गते शनिवार

भिडभाड नगर्न अनुरोध

तुलसीपुर, चैत ४ । तुलसीपुर उपमहानगरपालिका शिक्षा महाशाखाले विद्यालयमा शिक्षक तथा विद्यार्थीहरुलाई कोरोना भाइरसको संक्रमणबाट सजग रहन अनुरोध गरेको छ ।

महाशाखा प्रमुख भाष्कर गौतमले सम्पूर्ण विद्यालयहरुलाई चैत्र ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गरेर प्रशासनिक काम वाहेक कक्षाहरु वन्द गर्न निर्देश गरेका छन् ।

विज्ञप्ती जारी गर्दै महाशाखा प्रमुख गौतमले विद्यालयमा अभिभावक भेला, सभा, ठुला खालका वैठक एवम् साँस्कृतिक तथा मनोरञ्जनात्मक क्रियाकलपा नगर्नका लागि अनुरोध गरेका छन् ।

‘विद्यालयको नतिजा प्रकाशन गर्नका लागि अभिभावकलाई वोलाएर ठूलो भिडभाड नगर्न अनुरोध गरिन्छ ’ विज्ञप्तीमा उल्लेख छ ।

 

 

प्रकाशित मिति : २०७६ चैत्र ४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *