आज काठमान्डौंमा अन्तेष्टि गरिदै
दाङ, चैत ४ । तुलसीपुरका युवा हिरा डाँगीको मृत्यु प्रति विभिन्न संघ संस्थाहरुले शोक व्यक्त गरेका छन् ।
नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पसका ईकाइ उपसभापतिको निधनमा नेविसंघका विभिन्न नेताहरुले विज्ञप्ति मार्फत शोक व्यक्त गरेका छन् ।
शोक व्यक्त गर्नेहरुमा जिल्ला र क्याम्पस ईकाइका पदाधिकारीहरु पनि छन् । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले सामाजिक सञ्जालबाट शोक व्यक्त गर्दै नगरप्रमुख पाण्डेले डाँगीको निधनबाट उपमहानगरपाले एक कुशल फूटवल खेलाडी गुमाएको उल्लेख गरेका छन् ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष मानवहादुर डाँगीका छोरा एवम् यस क्षेत्रका उर्जावान खेलाडी हिरा डाँगीको असामयिक निधनप्रति पाण्डेले शोक व्यक्त गरेका छन् ।
पाण्डेले स्वर्गीय हिराले खेलकुदका माध्यमबाट यस क्षेत्रको प्रतिनिधित्व गरेर तुलसीपुरलाई विभिन्न पदक दिलाएको स्मरण गर्दै एक उर्जावान युवाको निधनले उपमहानगरपालिकालाई अपुरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
उनले घटनाको वारेमा सत्य तथ्य छानविन गरेर प्रहरीले दोषिलाई तत्काल कारवाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष भिमबहादुर सेनले त्रिबेणी गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीका छोरा हिरा डाँगीको निधनवाट अतेन्तै दुःखी भएको उल्लेख गरेका छन् ।
उनले पनि घटनाको सत्यतथ्य छानविन गर्न र दोषीलाई कानुनी दायरामा ल्याएर कारवाही गर्न माग गरेका छन् । आज काठमान्डौंमा अन्तेष्टि गरिदै स्वर्गीय हिरा डाँगीको अन्तेष्टि मंगलवार काठमान्डौंस्थित पशुपति आर्यघाटमा गरिने भएको छ ।
स्रोतका अनुसार दिउँसो २ बजेतिर त्रिविशिक्षण अस्पतालमा पोष्टमार्टम सुरु भएको थियो । त्यसपछि स्वर्गीय डाँगीलाई पशुपति आर्यघाट लगेर अन्त्येष्टि गर्ने जानकारी दिइएको छ ।